सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगे : रामचन्द्र

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आलोचना गरेका छन् । पार्टीको १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएकोमा पौडेलले नेतृत्वको कडा आलोचना गरेका हुन् ।

पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताए । ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो,’ पौडेलले सामाजिक सञ्जालमार्फत भने, ‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ ।’

नेता पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाए । ‘सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्,’ उनले भनेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरू के हुन्छ ? यो देशकै विडम्वना हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *