कोभिशिल्डको दोस्रो डोजका रुपमा एस्ट्राजेनेका खोप लगाइँदै (तस्बिरहरू)
२०७८ साउन २५ गते
काठमाडौँ । गत ०७७ फागुनमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइएको कोभिशिल्डको दोस्रो डोज खोप आजबाट लगाउन सुरु भएको छ ।
भारत सरकारले नेपाललाई थप कोभिडशिल्ड खोप उपलब्ध नगराएपछि दोस्रो डोज खोप लगाउन नपाएका जेष्ठ नागरिकहरूले आजबाट जापान र भुटान सरकारले अनुदानमा दिएको अस्ट्राजेनेका खोप ३ दिनसम्म लगाउँदैछन् ।
अस्ट्राजेनेका र कोभिडशिल्डको रसायनिक मिश्रण एकै भएकाले कोभिडशिल्डको दोस्रो डोजको विकल्पमा सरकारले अस्ट्राजेनेका प्रयोगमा ल्याएको हो ।
२०७८ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित