मैलुङ खोलाको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बिहान ९ बजे आईपिओ बाँडफाँट गरेको हो ।
आवेदन गर्ने ६८ हजार ४६८ जनाले १० कित्ता प्राप्त गरेका छन् भने ६ जनालाई ११ कित्ताका दरले शेयर परेको छ। कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए । आवेदन गरेकामध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथागरी आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म आईपीको बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
यसरी कम्पनीको आईपिओको नतिजा हेर्न सकिन्छ । जसअनुसार मैलुङ खोलाको वेबसाइट https://mailungkhola.com, सिडीएससीको मेरो शेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिने छ ।