नेप्सेमा उछाल : हालसम्मकै उच्च बिन्दुमा परिसूचक, झण्डै १८ अर्बको कारोबार

काठमाडौं । मगंलबार सेयर बजार परिसूचक नेप्से हाल सम्मकै उच्च बिन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेको छ ।

यसदिन सेयर बजार नेप्से परिसूचक ५१ .८६ अकंले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । नेप्से १.६७ प्रतिशतले बढेको हो। सेन्सेटिभ परिसूचक १२ अंकले बढेर ५८७.९५ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ३ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार २ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँको खरिद बिक्री भएको छ ।

मंगलबार १० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, यस दिन सेन्ट्रल वित्तिय कम्पनी लिमिटेड,बेस्ट फाइनान्स कम्पनी लिमिटेड,गुहेश्वरी मर्चेन्ट बैंक र वित्तीय कम्पनी लिमिटेड,श्री इन्वेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,सिन्धु विकास बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड,जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *