कांग्रेस भातृ तथा शुभेच्छुक संस्थाले गराए सभापतिको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाले १४औँ महाधिवेशन र प्रतिनिधित्वको मागसहित पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । विभिन्न २२ संस्थाले विधान बमोजिम उल्लेखित समानुपातिक/समावेशीको व्यवस्थालाई खारेजी नगर्न ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले कांग्रेसको १२औँ र १३औँ महाधिवेशनदेखि वैधानिक रुपमै अभ्यास र कार्यान्वयन गर्दै आएको समावेशी तथ्यलाई स्मरण गराए । ‘आसन्न १४औँ महाधिवेशनमा विधान बमोजिम उल्लेखित समानुपातिक र समावेशीको व्यवस्थालाई प्राविधिक कारण देखाई कुनै पनि धारा/उपधारा निलम्बन, खारेज वा निष्क्रिय नगर्न माग गर्दछौं,’ पत्रमा भनिएको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र मागहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *