जनमत र विधिको शासनको उपहास गर्दा ओली बालकोट पुगे : सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिकाे शासनकाे उपहास गर्दा बालुवाटारबाट पूर्वप्रधानमन्त्री केपी ओली बालकाेट पुगेकाे कुराबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।

भक्तपुरको मध्यपुर नगरपालिका- ३ काे नवनिर्मित वडा कार्यलय भवनकाे उद्घाटन गर्दै नेता सिंहले जनताले दिएको म्यान्डेटकाे अपमान गरेर ‘म नै विधि‚ म नै कानून‚ मैले जे गरेपनि हुन्छ’ भन्ने साेचले ओलीकाे बहिर्गमन भएकाे भन्दै संविधान र कानूनभन्दा माथि काेहि पनि नहुने बताएका हुन् ।

ओलिमा बढ‍ेकाे अहमताले मुलुककाे राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेकाे भन्दै नेता सिंहले ओलीमा भनाइ र गराइबीच फरक रहेकाे बताएका छन् ।

आफ्नो शासन कालमा के कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्नसमेत आग्रह गर्दै झण्डै दुईतिहाईकाे सरकार भएपनि ओलीको दम्भका कारण बालुवाटारबाट बालकाेट पुगेकाे कुराबाट सबैले पाठ सिक्नुपर्ने नेता सिंहले बताए ।

‘समयकाे माग र जनचाहनाअनुरूप विधि प्रक्रियाबाट नचल्दा ओली सरकारकाे बहिर्गमन भएको हो‚’ उनले भने‚ ‘याे कुरामा सबै राजनीतिक दल गम्भीर बनेर आगामी दिनमा अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *