लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । बुधबार (आज) शंकर पोखरेलले राजीनामा दिएपछि सूचना जारी गर्दै प्रमुख शेरचनले २४ घण्टाभित्र सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रमुख शेरचनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न भोलि अपराह्न ३ बजेसम्मको म्याद दिएका छन् । त्यसका लागि आफूहरु जुटिरहेको कांग्रेस लुम्बिनीका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताएका छन् । ‘हामीहरु सरकार गठनका लागि जुटिरहेका छौँ,’ कनौडियाले मकालुखबरसँग भने, ‘सरकार समयसीमाभित्रै बन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *