नागपञ्चमी

नागपोखरीमा बाहिरैबाट नागपूजा (तस्बिरहरु)

काठमाडौँ । साउन शुक्ल पञ्चमी अर्थात आज नागपञ्चमी । घरघरमा नागको पूजा गरिँदैछ । यस्तै, विभिन्न तालहरु पनि नागको पूजाअर्चना गरिन्छ ।

घरमा नागका तस्बिर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ । नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ । उपत्यकामा आज पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्ने गर्दछ । तर, यसवर्ष पनि कोभिड-१९ को संक्रमण कायमै रहेकोले सतर्कता अपनाउदै नागपूजा गरिँदैछ ।

कोभिडका कारण काठमाडौंको नक्सालस्थित नागपोखरीमा भक्तजनहरुले पोखरी परिसर बाहिरैबाटै पूजा गरेका छन् । भक्तजनहरुलाई पोखरी परिसरमा प्रवेशमा रोक लगाएपछि पोखरी बाहिरै रहेको नागको प्रतिमामा पुजा गरी फर्किएका हुन् । पोखरीमा रहेको नागको प्रतिमामा भने निश्चित पुजारीहरुले नित्य पुजा गरे ।

तस्बिरमा हेर्नुस्, नागपोखरीमा गरिएको नागको पूजा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *