सिद्धार्थ र कियाराको ‘शेरशाह’ अनलाइनमा लिक

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित चलचित्र ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलिज भएको चलचित्र एचडीमा अनलाइन लिक भएको हो ।

लिक भएको चलचित्र पाइरेटेड साइटहरूले अपलोड गरेका छन् । चोरीका कारण अमेजन प्राइममा चलचित्रको भ्युजमा गिरावट आएको छ । चोरिएका चलचित्र अपलोड हुने साइटहरूबाट यो चलचित्र सजिलै डाउनलोड गर्न सकिन्छ ।

यसअघि सलमान खानको चलचित्र राधे-योर मोस्ट वान्टेड भाइ, हसिना दिलरुबा, शेरनी, हङ्गामा २ लगायत चलचित्रहरू डिजिटल रिलिज भएपछि अनलाइनमा लिक भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *