गण्डकी : संसदीय दलले फेरे पदाधिकारी

पोखरा । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले आफ्ना सांसदहरूको भूमिका हेरफेर गरेका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रमुख सचेतकमा ओमकला चालिसेलाई नियुक्त गरेको छ । यसअघि उनी सचेतक थिइन् ।

प्रमुख सचेतक मणिभद्र शर्मा कडेँल पर्यटन मन्त्री बनेपछि उनको सट्टामा चालिसेलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । सचेतकमा भने भागवत प्रकाश मल्ल चयन भएका छन् ।

अर्को सत्तारुढ दल माओवादी केन्द्रले प्रमुख सचेतकमा गायत्री गुरुङलाई तोकेको छ भने सचेतकमा चन्द्रबहादुर बुढा छन् । तर बुढा कृषिमन्त्री बनेपछि जिम्मेवारी हेरफेर हुने गुरुङले बताइन् । पार्टीको बैठक बसेर टुङ्गो लगाइने उनको भनाइ छ ।

एउटै पार्टी नेकपा फुटेपछि प्रमुख प्रतिपक्षी बनेको एमालेले प्रमुख सचेतकमा मायानाथ अधिकारीलाई नै निरन्तरता दिएको छ । नेकपा हुँदा सचेतक बनेकी गायत्री माओवादीको प्रमुख सचेतक बनेपछि एमालेले सचेतकमा सावित्रा रानालाई जिम्मेवारी दिएको छ ।

जनमोर्चाबाट सचेतकमा खीमबिक्रम शाही नियुक्त भएका छन् भने यसअघिकी सचेतक पियारी थापालाई दलको नेता बनाइएको छ । दलका नेता कृष्ण थापा पार्टी ह्वीपविपरीत काम गरेको आरोपमा निष्कासित भएका छन् । जनता समाजवादी पार्टीले प्रमुख सचेतकमा धनमाया लामालाई जिम्मेवारी दिएको छ भने संसदीय दलको नेता हरिशरण आचार्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *