बसुन्धराको धरा
काठमाडौँ । बाल कलाकारको रूपमा २०१४ सालमा रङ्गमञ्चबाट अभिनय यात्रा सुरु गरेकी बसुन्धरा भुसालले चलचित्रमार्फत् आफूलाई थप चिनाइन् । यसो भनौँ नाटकबाट शुरु भएको अभिनय यात्रा चलचित्रमा पुग्दा थप चम्कियो । तैपनि उनको अभिनयको धरा भने रंगमञ्च नै हो ।
नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’मा समेत उनले अभिनय गरेकी छन् । ‘सिन्दूर’मा निर्वाह गरेको चरित्रले उनलाई हाँस्य कलाकारको रूपमा स्थापित गर्यो ।
अभिनयको सुरुवाती दिनमा उनलाई परिवारको साथ थिएन । छायाङ्कनमा गएर आउँदा राति हुन्थ्यो । सधैँ एकैजना पुर्याउन जान पाउँदैन थिए । फरक फरक व्यक्तिहरू पुर्याउन आउँदा समाजले हेर्ने नजर फरक हुन्थ्यो । ‘हाम्रो ब्वाईफ्रेन्ड त कति कति’ हाँस्यचेतले भरिपूर्ण बसुन्धरा आफ्नो अनुभव हँस्यौलो शैलीमा सुनाउँछिन् । छरछिमेकले गलत नसोचून् भनेर आफूलाई पुर्याउने व्यक्तिलाई फर्किने बेला ठूलो स्वरमा ‘गूड नाइट दाइ’ भन्ने गरेको पनि उनले सुनाइन् । चलचित्र र नाटकमा अभिनयको तारिफ गर्ने व्यक्तिहरू नै पनि पछाडि बसेर भने ‘फलानोकी छोरी बिग्रेकी’ भन्दै कुरा काट्ने गरेको पनि अनुभव उनीसँग छ ।
पहिलाभन्दा अहिले काम गर्न सजिलो बताउने बसुन्धरा अहिलेका कलाकारलाई ‘ब्रोइलर कुखुरा’ भन्न रुचाउँछिन् । पहिलेका कलाकार लोकल कुखुरा झैँ हुर्किन बढ्न समय लाग्ने तर आयु लामो भएका हुन्छन् । तर अहिले ह्वात्त चर्चामा आउने र हराउने हुन थालेको उनी बताउँछिन् ।
घरमा आमालाई समेत छोरीको मनोरञ्जन क्षेत्रप्रतिको प्रेम खासै मन पर्दैन थियो । एकपटक उनी छायाङ्कन सकेर राति १० बजेतिर घर पुगिन् । पुसको महिना थियो, त्यहाँमाथि काठमाडौँको चिसो रात । उनले ढोका ढकढक्याइन् । लामो समय ढोका त खुलेन नै‚ घरको माथिल्लो तलाबाट आमाले एक गाग्री पानी खन्याइदिइन् । त्यसपछि भिजेको लुगा र कहालीलाग्दो चिसो रातमा उनी घर बाहिर घन्टौँ बस्नुपर्यो ।
छायाङ्कनबाट फर्किँदा सधैँ उनले गाली खाने पक्काजस्तै हुन्थ्यो । त्यसैबाट बच्न उनी आफ्ना साथीहरूलाई लिएर घर आउने गर्थिन् । साथीहरू हुँदासम्म त आमा चुप । तर जब बसुन्धरा एक्लै हुन्थिन्, आमा कहिले आगो फुक्ने ढुङ्ग्री‚ त कहिले सिस्नो पानी लिएर कुट्न आउने ।
उनको परिवारमा ६ जना दिदी बहिनी । उक्त समयको समाज, अभिनय गरेको कसैले मन पराउँदैन थिए । आमालाई अन्य ५ छोरीको समेत चिन्ता थियो । उनको मात्रै नभएर कुनै पनि छोरीको विवाह नहुने डरले गर्दा उनी ‘एउटा अण्डा फुट्यो’ भन्दै गाली गर्दै रिसाउँथिन् पनि । तर बसुन्धराको अभिनय गर्ने मोह कहिले पनि कम भएन ।
सुरुवाती समयमा नेपालमा स्टुडियो थिएन । आउट डुअर छायाङ्कन सकेर ईन डुअरका लागि कोलकता जानुपर्ने । ‘आमा’ को छायाङ्कनका लागि टीम ‘न्यू स्टुडियो’ पुगेको थियो । पुग्दा स्टुडियोमा ‘ममता’ चलचित्रको छायाङ्कन चल्दैथियो । बाल कलाकारको भूमिका निर्वाह गर्न पुगेकी बसुन्धरा छोटो धोती लगाएर भँगेरा झैँ फुत्रुक्क फुत्रुक्क यता उता गरिरहन्थिन् । यही क्रममा उनले धर्मेन्द्र, अशोककुमारलगायत केही भारतीय कलाकारलाई भेटिन् । उक्त समय मिनाकुमारी र धर्मेन्द्रको अफेयर चल्दै रहेछ । त्यसैले छायाङ्कनमा धर्मेन्द्रलाई भेट्न आएकी मिनाकुमारीलाई समेत उनले भेटेकी थिइन् ।
चलचित्र सिन्दूरमा ‘चङ्खे’ गोपालराज मैनाली र ‘नक्कली’ बसुन्धरा भुसाल श्रीमान्/श्रीमतीको भूमिकामा देखिएका थिए । यो जोडीलाई दर्शकले मन पराइदियो । यो जोडी यतिसम्म जमेको थियो की बसुन्धरा एक्लै स्टेजमा पुग्दा दर्शक गोपाललाई खोज्थे भने गोपाल एक्लै गएको स्टेज पनि दर्शकले खल्लो मानेर हेर्थे ।
यी दुईले एक पटक ‘सुब्बा सुब्बिनी’ नामक नाटक एकसाथ गरेका थिए । परिवार नियोजनको विषयमा जनचेतना दिने उद्देश्यले नाटक निर्माण गरिएको थियो । गोपालको जाँडरक्सी खाने बानी थियो । उनले नाटक अगावै खाएछन् । पर्दा खुल्यो । सुब्बाको चरित्रमा देखिएका गोपाल त निरन्तर एक्लै पो बोल्न थाले । बसुन्धराले बोल्नुपर्ने डाइलगसमेत आफैँ बोल्न थाले । उनी बोल्न खोज्थिन् । तर ‘सुब्बिनी पोथी बास्नु हुन्न’ भन्दै मुख छोपिदिन थाले । मेकअप गरिएको अनुहार, गोपालले मुख छोपिदिँदा लिपस्टिक दलिएर गालाभरि पुग्यो । एक त डाइलग बोल्न नपाएको पीडा, अझ मेकअप बिग्रिएर अनुहार कुरूप भयो उनलाई धेरै पीडा भयो । एक्लै बोलेर एक घण्टाको नाटक गोपालले डेढ घण्टाको बनाइदिए ।
अभिनयमा नै ६ दशकभन्दा लामो समय बिताएकी उनलाई अझै पनि यही क्षेत्रमा काम गर्न मन छ । जागिर खाएको भए सेवा निवृत्त हुने, नायिका भएको भए आउट डेटेड हुने समय आएकोमा उनी आफू कलाकार बनेर नै लामो समय काम गरिरहन पाएकोमा गर्व महसुस गर्छिन् ।
पर्दा झरेसँगै उनी रुँदै प्रोडक्सन समूह भएको स्थानमा पुगेर गोपालको कम्प्लेन गरिन् । अति भयो भनेर निर्माण टिमले गोपाललाई बिहान नै सेटमा ल्याएर राख्न थाले । तर दुर्भाग्य, रक्सी नखाएको दिन पर्दा खुलेपछि गोपाल बोल्दै बोलेनन् । स्टेजमै ‘म बोल्दिनँ सुब्बिनी’ भन्दै दोहोर्यानइरहे । बसुन्धरालाई मनोजको डाइलग याद थिएन । परिणाम, एक घण्टाको नाटक आधा घण्टामै सकियो ।
उनलाई केही वर्षपछि विदेशमा ‘चङ्खे’ सँगै स्टेज सेयर गर्न आग्रह गरियो । तर उनले ‘करोड दिए पनि उनीसँग काम गर्दिनँ’ भनेर फर्काइदिइन् । यसो भन्दै गर्दा उनको जीवनमा गोपालको सकारात्मक भूमिका भने भुल्दिनन् । आफ्नो अभिनय यात्रामा गोपालको महत्त्वपूर्ण भूमिका रहेको उनी स्वीकार्छिन् ।
अभिनयको सुरुवाती दिनमा उनको ‘ए रात्तै’ थेगो चलेको थियो । हरेक डाइलगमा ‘ए रात्तै’ समावेश हुन्थ्यो । उनलाई बाटोमा कसैले जिस्क्याएको मन पर्दैन थियो । काममा जाँदा त्रिचन्द्र क्याम्पस भएर जानुपर्ने । बाटोमा केटाहरू लप्सीको दाना (च्याम्पटी) ले हान्दै ‘ए रात्तै’ भन्दै जिस्क्याउँथे । उनी धारे हात लगाउँदै गाली गर्दै अगाडि बढ्थिन् । यही विषयमा उनको शिव श्रेष्ठसँग जोडिएको रमाइलो भोगाइ छ । शिव सानै थिए, केही केटाहरूको उक्साहटमा क्षेत्रपाटीमा उनलाई शिवले कानको छेउमै आएर ‘ए रात्तै’ भनेर भागे ।
उनले पनि रिसले आगो हुँदै जुत्ता खोलेर शिवलाई खेदाइन् । लामो समयपछि शिव कलाकार बनेर एक दिन यो किस्सा बसुन्धरालाई सुनाए । उनै शिवसँग वसुन्धराले शिवको पहिलो चलचित्र ‘जीवन रेखा’मा सहकार्य गरिन् ।
पहिलाभन्दा अहिले काम गर्न सजिलो बताउने बसुन्धरा अहिलेका कलाकारलाई ‘ब्रोइलर कुखुरा’ भन्न रुचाउँछिन् । पहिलेका कलाकार लोकल कुखुरा झैँ हुर्किन बढ्न समय लाग्ने तर आयु लामो भएका हुन्छन् । तर अहिले ह्वात्त चर्चामा आउने र हराउने हुन थालेको उनी बताउँछिन् । अहिलेका कलाकारमा मेहनतको समेत कमी भएको उनको बुझाइ छ । अनुशासन पनि पहिलाको झैँ छैन । पहिला सेटमा च्विङ्गमसमेत चपाउन पाइँदैन थियो । तर अहिले कलाकारहरूले डाइलग नै बिर्सिएको घटनासम्म देखेकी छन्‚ बसुन्धराले ।
क्यामेराकै कुरा गर्दा पनि उनले ३०, ७०, १६ हुँदै डिजिटल युगसम्म भोगेकी कलाकार हुन् । अभिनयमा नै ६ दशकभन्दा लामो समय बिताएकी उनलाई अझै पनि यही क्षेत्रमा काम गर्न मन छ । जागिर खाएको भए सेवा निवृत्त हुने, नायिका भएको भए आउट डेटेड हुने समय आएकोमा उनी आफू कलाकार बनेर नै लामो समय काम गरिरहन पाएकोमा गर्व महसुस गर्छिन् ।