सानिमा लाइफको आइपिओ बाडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपिओ आज बाँडफाँट गरेको छ । आईपीओको सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय दरबारमार्ग, काठमाडौँमा बाँडफाँड भएको हो ।
५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गतेदेखि साउन २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
आईपीओको नतिजा कम्पनीको वेबसाइट र सिडीएससीको मेरो शेयर वेबसाइट बाट हेर्न सकिने छ ।