माओवादीको महाधिवेशन पुस ११ देखि गर्ने प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । शनिबार (आज) देखि जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशन पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव पेश गरेका हुन् ।

अध्यक्ष प्रचण्डको प्रस्तावमा भदौ मसान्तभित्र पार्टीले देशैभरी पार्टी सदस्यता वितरण एवम् नवीकरणको काम सम्पन्न गर्ने उल्लेख गरिएको छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ । मङ्सिर १५ मा साथै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव पेश गरेका छन् ।

प्रचण्डको प्रस्तावअनुसार सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको कार्यसूची यस्तो यस्तो छ:

–भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण

–असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला

–असोज २० गते वडा सम्मेलन

–असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन

–कात्तिक ३० गते जिल्ला सम्मेलन

–मङ्सिर १५ गते प्रदेश सम्मेलन

–पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *