माओवादीसँग एकता गर्दा जबज छोडिएको थिएन : पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँग एकता गर्दा जनताको बहुदलीय जनवाद (जबज) नछोडिएको बताएका छन् । शनिबार (आज) काठमाडौंको होटल हार्दिकमा सुनिता बरालद्वारा लिखित ‘समृद्धि प्रतिको संकल्प’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । ‘माओवादीसँग एकता गर्दा किन जबज छोडियो भनेर धेरै प्रश्नहरु उठ्थे,’ पोखरेलले भने, ‘तपाईंहरु नै पनि त्यस्तै भन्नुहोला । छोडिएको थिएन । जबज भनेको एमालेलाई मार्गनिर्देश गर्ने सिद्धान्त हो, दर्शन हो ।’

एमाले–माओवादीबीच एकता लागि ०७४ फागुन ७ गते ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यसबेला एमालेले जबज र माओवादीले माओवाद र एकाइसौं सताब्दीमा जनवाद त्यागेर पार्टीको मार्गनिर्देशक सिद्धान्तका रुपमा ‘मार्क्सवाद लेनिनवाद’ अलवम्बन सहमति भएको थियो । त्यसपछि बनेको नेकपा पूर्ववत् अवस्थामा फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *