कमला नदिमा बाढी धनुषा, सिराहालगायत क्षेत्रमा सतर्कता अपनाउन आग्रह
मकालु खबर
२०७८ साउन ३१ गते
काठमाडौं । कमला नदिमा पानीको सतह बढेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर आइतबार बिहान ११:३० बजे सिन्धुली जिल्लास्थित कमला नदी,रानीबास जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र जल सतह बढ्दो क्रममा रहेकोले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रमा आइतबार रातीसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
#SMS_Alert
श्रावण ३१, बिहान ११:३० बजे
सिन्धुली जिल्ला स्थित कमला नदी,रानीबास जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले,धनुषा,सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरू राती सम्मै उच्च सतर्कता अपनाऔ।— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 15, 2021
मकालु खबर
२०७८ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित