प्रचण्डको प्रतिवेदनमाथि टोली नेताहरू बाेल्दै

काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको दोस्रो बैठक शुरू भएको छ ।

काठमाडौँको बत्तीसपुतलीमा रहेको अनुपम फूडल्यान्डमा शुरु बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक, सांगठनिक प्रतिवेदन र अन्तरिम विधान प्रस्तावमाथि समूहगत रूपमा भएको छलफलको जानकारी गराउने क्रम चलिरहेको छ । प्रदेश समिति अध्यक्षहरूले छलफलको निष्कर्ष सुनाउन थालेका हुन् ।

बैठकमा प्रदेश १ बाट राम कार्की, प्रदेश २ बाट रामचन्द्र झा, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती , सुदूरपश्चिमबाट देवबहादुर चौधरी, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र विशेष मोर्चाबाट युवराज चौलागाईले टोली नेताका रूपमा समुहगत छलफलका निष्कर्ष सुनाउने र त्यसमाथि अध्यक्ष प्रचण्डले जवाफ दिएपछि बैठक सकिने माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *