पत्रकारलाई भेरोसेलको दोस्रो डोज खोप लगाउन शुरु
मकालु खबर
२०७८ साउन ३१ गते
काठमाडौँ । कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका पत्रकारका लागि दोस्रो डोज खोप लगाउन शुरु भएको छ ।
पहिलो डोज लगाएको २१ दिन पूरा भएका सम्पूर्ण पत्रकारका लागि ‘राधा स्वामी आइसोलेसन सेन्टर’ सामाखुसीमा दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको पत्रकार महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।
खोप लगाउन जाँदा खोप कार्ड लिएर जानुपर्ने र खोप चार दिनसम्म चल्ने पनि उनले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले आवश्यकताका आधारमा पत्रकारका लागि छुट्टै तीनवटा लाइनको व्यवस्थापन गर्न सकिने जनाएको छ ।
मकालु खबर
२०७८ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित