अफगानिस्तानमा फसेका नेपालीलाई उद्धार गर्न बाबुरामको आग्रह

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपाली कामदारलाई स्वदेश फर्काउन सरकारले आलटाल गर्न नहुने बताएका छन् ।

आइतबार ट्विटरमार्फत् डा भट्टराईले अफगानिस्तानमा सुरक्षा सङ्कटमा परेका १४ हजारभन्दा बढी कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारले आलटाल र बहानाबाजी गर्न नहुने बताएका हुन् ।

त्यस्ता द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउने र जाने वातावरण नै बनाउन नहुने तर्क राख्दै डा भट्टराईले गइसकेपछि उनीहरूको जीवनरक्षा गर्नु राज्यको दायित्व भएकाले यसमा किन्तुपरन्तु नहुनेमा आशा व्यक्त गरेका छन् ।

‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/बहानाबाजी गर्नुभएन‚’ भट्टराईले लेखेका छन्‚ ‘पहिलो त त्यस्ता द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो ।गइसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तुपरन्तु नहोस् !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *