अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धार सरकारले गर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने बताएका छन् । उनले आवश्यक निर्देशन दिइसकेको जानकारी गराउँदै नेपालीको सुरक्षा र उद्धार सरकारले गर्ने बताएका हुन् ।

अफगानिस्तानमा रहेका नेपालीको उद्धारको प्रबन्ध मिलाउन निर्देशन दिइसकेको पनि प्रधानमन्त्री देउवाले बताए । ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले नेपालीका लागि आवश्यक समन्वय, अभिभावकत्व र सुरक्षा गर्नु सरकारको दायित्व भएको बताए । ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *