सेयर बजारमा झिनो वृद्धि, झण्डै १६ अर्बको कारोबार
मकालु खबर
२०७८ साउन ३२ गते
काठमाडौं । सेयर बजार नेप्सेमा सोमबार झिनो वृद्धि भएको छ । यस दिन ५.७२ अंकले वृद्धि भई नेप्से परिसूचक ३१६०.०६ बिन्दुमा पुगेको हो ।
यसदिन १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँमा २ सय २७ ओटा कम्पनीका २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता सेयर किनबेच भएका छन् ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, खानी खोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
मकालु खबर
२०७८ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित