ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत गर्दै ओलीले संसदीय दल र स्थायी कमिटी बैठक बोलाएका हुन् ।

देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले बिहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ ।

अध्यक्ष ओलीले सोमबार राति नै वक्तव्य जारी गर्दै पार्टी एकताको आह्वान गरेका छन् । सोमबार साँझ मात्रै ओली निवास बालकोटमा स्थायी कमिटीका केही नेताहरू पुगेका छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *