काबुलबाट १२७ नेपाली स्वदेश आइपुगे (तस्बिरहरु)
२०७८ भदौ १ गते
काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरिएका एक महिलासहित १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिमानमा उनीहरू बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना नेपाल आइपुगेका हुन् । उनीहरु जजिरा एयरवेजको विमानबाट ल्याइएको हो ।
विदेशबाट आउने नेपालीलाई नेपाली सेनाले राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा सेनाले लिएको छ ।
स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व चर्किएको छ । त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन् ।
२०७८ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित