मन्त्रीपरिषदको आकस्मिक बैठक जारी, आउला दल विभाजन सम्बन्धि अध्यादेश ?

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । सामान्यतया सोमबार र विहीबार बस्ने भएपनि प्रधानमन्त्री देउवाले आज मंगलबार आकस्मिक रुपमा मन्त्रीपरिषद बैठक बोलाएकाले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन सक्ने आँकलन गरिएको छ । मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

मन्त्रीपरिषदको नियमित बैठक हिजो बसेको थियो । प्रधानमन्त्री देउवाले आज विहान जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षका नेताहरुसँग पनि छलफल गरेका थिए ।

सरकारले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको चर्चा भइरहेको छ । सरकारकाे सिफारिसमा संसदको नियमित अधिवेशन अन्त्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *