विभाजन रोक्न एमालेको संस्थापन पक्षले चाल्न थाल्यो कदम

काठमाडौँ । सरकारले दल विभाजनका लागि सजिलो प्रावधान राख्दै अध्यादेश ल्याउने भएपछि नेकपा एमालेको संस्थापन पक्षले त्यसलाई सफल हुन नदिन रणनीति बनाउन थालेको छ । सरकारले अध्यादेश सिफारिस गरेपछि एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाउने निर्णय गरेको छ ।

मंगलबार पार्टी निर्णयको आधिकारिक निर्णय भन्दै अध्यक्ष केपी ओली पक्षले २६० जना केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगलाई बुझाएको हो । एमाले नेता तथा निर्वाचन समितिका संयोजक अग्नि खरेलसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित निवेदन बुझाएको हो ।

अहिलेसम्म २०३ सदस्यीय रहेको केन्द्रीय कमिटीमा ५३ जना थप गरी २६० सदस्यीय बनाइएको व्यहोरा र विवरण निर्वाचन आयोगमा पठाएको हो ।

आयोगले यसलाई मान्यता दिएमा र नयाँ अध्यादेश जारी भएमा नयाँ दल दर्ताका लागि नेपाल समूहसँग ५२ जना केन्द्रिय सदस्यको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *