अध्यादेश ल्याउनु प्रधानमन्त्रीको भूल हो : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर काेइरालाले सरकारले सिफारिस गरेकाे दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।
नेता काेइरालाले सामाजिक सञ्जालमा सरकार सञ्चालनकाे सुविधाका लागि यो अध्यादेश ल्याइएकाे हुन सक्ने भन्दै अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसिकिने बताएका हुन् ।
यो कदम प्रधानमन्त्री शेरबहादुर देउवाकाे भूल भएकाे उनले टिप्पणी गरेका छन् । सरकार संसदबाट परिमार्जन र सुधारसहितकाे बजेट पारित गर्नेतर्फ सक्रिय हुन पनि नेता काेइरालाले सुझाव दिएका छन् ।
उनले लेखेका छन् :
‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर‚ अध्यादेशबाट राजकाज चलाउने साेचकाे समर्थन गर्न सकिन्न ।
सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्थ्यो। याे चुक प्रधानमन्त्रीबाट भयाे । यो कांग्रेसको संस्कार होइन ।’
प्रतिक्रिया

One thought on “अध्यादेश ल्याउनु प्रधानमन्त्रीको भूल हो : शेखर कोइराला

  1. नेता ज्यु अध्यादेश ले तपाईं लाई गारो बनाएको छैन झन यो अध्यादेश ले तपाईं लाई अब उप्रान्त लालबाबु सङ्ग जित्न सहज बनाइदिएको छ त्यसैले आफू चर्चित हुन लाइ बाहिर बास्नु भन्दा सहयोग गर्नुस।। जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *