दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरेको एमालेकाे दाबी

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदले दलको ह्वीप उल्लंघन गरेकाे दाबी गरिएको छ ।

संसद सचिवालयका महासचिवकोमा दर्ता भएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन ७३ को दफा २८ को (१) बमोजम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको आरोपमा कारबाही गरिएको उल्लेख गरिएको स्रोतले जनाएको छ । पत्रमा साउन २५ गतेको स्थायी समिति बैठकले १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

यो पनि
माधव नेपाललगायत १४ सांसद एमालेबाट निष्काशित

सरकारले नेता नेपाललाई सहज हुनेगरी दल विभाजनसम्बन्धी अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै एमालेमा रहेको आन्तरिक विवाद झन् बल्झिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *