दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेश एमाले फुटाउन सहयोगी भएको भन्दै पार्टी अध्यक्ष केपी ओली निकट अनेरास्ववियुले आज काठमाडौँमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गमा जम्मा भएर अनेरास्ववियूले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच केहीबेर धकेला धकेलसमेत भएको थियो । प्रहरीको सुरक्षाघेरा तोडी पद्मोदय, पुतलीसडक, बागबजार हुँदै विद्यार्थीहरू पुनः प्रदर्शनीमार्गमा जम्मा भएका थिए ।

विरोध प्रदर्शनकै क्रममा नेपाल ल क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पसबाट मसाल जुलुससमेत निकालिएको थियो । प्रदर्शनमा कोहि घाइते नभएको र कसैलाई गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ ।

आजै ओली निकट युवा संघले नयाँ बानेश्वरमा र अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा अध्यादेशविरुद्ध प्रदर्शन गरेका छन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *