राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको उल्लेख गरेको छ ।

संविधानको धारा १४ को उपधारा (१)  बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश‚ २०७८ जारी गरेकी हुन् ।

सरकारले हिजो यो अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपालको संविधानमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने ब्यवस्था रहेकोमा अब दुई मध्ये कुनै एकमा २० प्रतिशत मात्र पुर्‍याएर दल विभाजन गर्न सकिने भएको हो ।

सरकारले अध्यादेश सिफारिस गरेकोमा चौतर्फी विरोध र आलोचना भइरहेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *