देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता साझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । तीन प्रभावशाली नेताहरुबीच बिहीबार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाकाअनुसार भेटवार्ता अहिले पनि जारी छ । भानुकाअनुसार तीन नेताहरुबीच वर्तमान राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल भएको हो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेपालले बुधबार (हिजो) नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । श्रोतकाअनुसार तीन नेताबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *