बालुवाटारमा सहमतिः

एमाले (समाजवादी) को सनाखतलगत्तै मन्त्रिपरिषद् पुनःगठन

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगमा सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् पुनःगठन हुने भएको छ । बिहीबार (आज) बिहान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सत्तासाझेदारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच यस्तो सहमति भएको हो । ‘माधवजीको दल निर्वाचन आयोगमा सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुङ्ग्याउँछौँ,’ छलफललगत्तै प्रज्ञा प्रतिष्ठान पुगेका प्रचण्डले भने, ‘हामीबीच यही सहमति भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *