१३ तस्बिरमा विश्व फोटोग्राफी दिवसको सम्झना

काठमाडौँ । अगस्ट १९ तारिख  अर्थात् विश्व फोटोग्राफी दिवस । मानिसलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्नेलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेकाको सम्मान गर्न ‘विश्व फोटोग्राफी दिवस’ मनाइन्छ । आजको दिन विश्वभरका फोटोग्राफरले आफूले खिचेका उत्कृष्ट तस्वीरहरू अरुलाई देखाउने र अरुले खिचेका तस्वीरहरु हेरेर त्यसको मर्म र भाव बुझ्न बुझाउन खोजिन्छ । अहिले धेरै मानिसको हातमा क्यामरासहितको मोबाइल हुने भएकाले हरेक मानिसले खिचेको फोटोले पनि मन छुने भाव व्यक्त गर्न सक्छन् ।

फोटोग्राफीको इतिहास
संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्फोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो । त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो । सबै भन्दा रोचक कुरा त के हो भने शायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए । किनभने धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए । त्यसबेला देखि अहिलेसम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ ।

१८२ औं विश्व फाेटोग्राफि दिवसकोअवसरमा मकालुखबरकर्मी सरोज बस्नेतले खिचेका १३ तस्बीर:

कोरोना कहरका बाबजुद धान रोपाइँमा सहभागी वृद्धा ।
बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट उद्योगमा लागेको आगलागीमा उद्धार गर्न खटिएका नेपाल प्रहरी ।

प्रतिनिधि सभा विघटनविरुद्ध बालुवाटारमा नागरिक आन्दोलनकर्मीमाथि प्रहरीको बल प्रयोग ।

नवराज विकको सम्झनामा दीप प्रज्वलन गर्दै बालिका ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा मनाइने बकर इदमा घन्टाघरमा रहेको काश्मिरे मस्जिदमा नमाज पढ्दै मुस्लिम धर्मावलम्बी ।
गुँड बनाउँदै तोप चरा ।
कोभिड-१९ नियन्त्रणमा खटिएकाहरूको सम्मानमा काठमाडौँमा दीप प्रज्वलन गरिँदै ।
प्रतिनिधि सभा विघटनविरुद्ध बालुवाटारमा नागरिक आन्दोलनकर्मीमाथि प्रहरीको बल प्रयोग ।
पशुपतिमा शिवरात्रिका साधु ।
कोभिडबाट मृत्यु भएकाहरूको बागमती नदी किनारमा दाहसंस्कार गरिँदै
काठमाडौँबाट देखिएको सूर्यास्तको दृश्य ।
प्रतिक्रिया

One thought on “१३ तस्बिरमा विश्व फोटोग्राफी दिवसको सम्झना

Leave a Reply

Your email address will not be published. Required fields are marked *