प्रधानसेनापतिमा शर्मा सिफारिस

काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापतिमा सिफारिस भएका छन् । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

‘शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने आजको बैठकले निर्णय गरेको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

यस्तै बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *