बागमती प्रदेशको प्रमुखमा शर्मा सिफारिस

काठमाडौँ । सरकारले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादव शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अहिलेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

शर्मा माधव नेपाल निकट मानिन्छन् । नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *