रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता झालाई नेपाल महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

सप्तरी निवासी झा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निकटका मानिन्छन् । यसअघिका महाप्रबन्धक गुरु भट्टराईलाई प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारले स्पष्टीकरण साेधेपछि उनले राजीनामा दिएका थिए ।

भट्टराईलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेका थिए । ओली नेतृत्वको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको माधव नेपाल समूहले धमाधम नियुक्ति पाउन थालेको हाे ।

बिहीबार नै बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *