प्रत्यायोजित विधायन अध्ययन उपसमिति गठन

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

शुक्रबार बसेको समिति बैठकले नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माको नेतृत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिलाई सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४, प्रत्यायोजित विधायनअनुसार नियमावली, कार्यविधि र निर्देशिकाहरू तयार भए/नभएको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

समिति सभापति शशी श्रेष्ठले सकेसम्म समितिलाई एक महिनाभित्रै अध्यन प्रतिवेदन तयार हुनेगरी काम गर्न निर्देशन दिएकी छन् ।

उपसमितिमा नेकपा एमालेबाट खेमप्रसाद लोहनी र लक्ष्मीकुमारी चौधरी, कांग्रेसबाट सांसद डिला संग्रौला, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहाय प्रसाद यादव सदस्य रहेका छन् । यस्तै,  बैठकले राज्य व्यवस्था समितिको वार्षिक प्रतिवेदन २०७८ पास गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *