‘वामदेव गौतम एमालेमै छन्’

काठमाडौं । नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले जनाएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा (एकीकृत समाजवादी) मा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनको सचिवालयले आइतबार (आज) बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको हो ।

भनिएको छ, ‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा (एकीकृत समाजवादी) पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका छन्, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।’

बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेकोसमेत सचिवालयले जिकिर गरेको छ । । गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा (एकीकृत समाजवादी) लाई आफ्नो समर्थन रहने जनाएका थिए ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *