तस्बिरमा लाखे नाच

काठमाडौँ । नेवार समुदायमा विभिन्न समय र चाड अनुसारका धार्मिक नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका कथासँग सम्बन्धित हुन्छन् । यी मध्ये लाखे नाच पनि प्रमुख नाच हो ।

काठमाडौँ उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको पाइन्छ । कसैले राजा हरिसिंह देवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको थिए भनेर भन्ने गरेका छन् । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले आफूसँगै उपत्यकामा लाखेलाई ल्याएका हुन भन्ने तर्क पनि राख्दछन् ।

नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवको पालादेखि सुरु भएको देखिन्छ । तर इतिहास हेर्दा राजा प्रताप मल्लको पालादेखि भने मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ । लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं र धिमे बजाएर पनि लाखे नाच नचाइन्छ । कतिपय ठाउँमा भने भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाउँदछन् ।

तस्बिरमा काठमाडौँको गोकर्णेश्वरमा नचाइएको लाखे नाच :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *