शेरबहादुर तामाङ लेख्छन्- एमालेभित्रको समस्या समाधान

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले एमालेभित्रको आन्तरिक समस्या समाधान भएको बताएका छन् । आफ्नो आधिकारिक फेसबूकमार्फत एक स्थिति राख्दै तामाङले एमालेभित्रको समस्या समाधान भएको बताएका हुन् । ‘नेकपा (एमाले) मा देखिएको आन्तरिक समस्या समाधान,’ तामाङले लेखेका छन् ।

तामाङले समस्या समाधान भइसकेको र मंगलबार (भोलि) बिहान ११ बजे बसेर पार्टीलाई थप मजबुत बनाउने बताएका छन् । ‘भोलि भाद्र ८ गते ११ बजे तुल्सीलाल स्मृति भवनमा नेकपा (एमाले) स्थायी कमिटीको बैठक बसेर पार्टीलाई आन्तरिक रुपमा मजबुद र व्यबस्थित बनाउने भएकाले सम्पूर्ण एमालेका समर्थक शुभचिन्तकहरुमा बधाई ज्ञापन गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *