चौथाइवाले-प्रचण्ड भेटवार्ता

काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमख विजय चौथाइवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । सोमबार राजनीतिक भेटघाटमा व्यस्त रहेका चौथाइवालेले  प्रचण्ड निवास खुमलटारमै पुगेर उनलाई भेटेका हुन् ।

भेटवार्तामा दुई पक्षीय हितका विषयमा कुराकानी भएको चौथाइवालेले ट्वीटमा जानकारी दिएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, प्रस्तावित लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट गरेका छन् ।

चौथाइवालेले ट्वीटरमा पछिल्लो २४ घण्टामा महत्वपूर्ण भेटघाट भएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत सम्बन्ध बलियो बनाउन चाहेको विषयलाई नेपालका नेताहरुले सराहना गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *