एमाले स्थायी कमिटी बैठक, तेस्रो धारका नेताहरू पनि सहभागी हुँदै

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार’ मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताए । नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् ।

उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ । सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो ।

सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *