यस्तो छ नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र (पूर्ण पाठ)

काठमाडौँ । प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को घोषणापत्र सार्वजनिक भएको छ । सोमबारदेखि चन्द्रागिरिमा जारी सो पार्टीका नेताहरुलाई न्तरीम विधार र घोषणापत्र वितरण गरिएको हो ।

घोषणा पत्रमा नेपाल कम्युनिस्ट पार्टिले स्थापना कालमा राखेका उद्देश्य नै एकीकृत समाजवादी पार्टीको लक्ष्य भएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम सम्बन्धी विवादमा माग नै नगरिएको क्षेत्रमा प्रवेश गरी सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भङ्ग गरिदिएको विषय पनि घोषणा पत्रमा उल्लेख छ ।

याे पनि : माधव नेपालको अपिल- केपी ओलीले धोखाधडीलाई निरन्तरता दिँदैछन्, भ्रममा नपरौंँ

त्यसपछि पूर्ववत रूपमा पार्टी फर्कनु पर्नेमा विधान संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद खारेज गर्ने जस्ता निर्णय गरी केपी ओलीले पार्टी विभाजनतिर धकेलेको उल्लेख गरिएको छ । ‘अध्यक्षमा छानिएका केपी शर्मा ओली महाधिवेशनप्रति इमान्दार नै रहेनन् । उनले महाधिवेशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएका थिए । त्यसैबीच तत्कालीन नेकप (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकता गरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चलेनन्।  मुलुकको प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीति अनुसार चलाएनन् । फलत: पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो । उनले २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो,’ घोषणापत्रमा भनिएको छ ।

पूर्ण पाठ :- घोषणा पत्र 

माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न सोमबार चन्द्रागिरी रिसोर्ट पुगेका थिए । पार्र्टीका ६० भन्दा बढी केन्द्रीय सदस्यहरु अहिले चन्द्रागिरीमै रहेको नेता तथा सांसद भवानीप्रसाद खापुङ्गले जानकारी दिए । उनका अनुसार नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतलाई अन्तिम रुप दिनेगरी छलफल भइरहेको छ ।

थप – बालकोट वार्ता फेरि पनि अल्मल्याउने मेलो मात्र हो, ‘ब्याक गियर’ लगाउँदैनौँ : भवानीप्रसाद खापुङ

घोषणा पत्र अध्ययनपछि आजै साँझसम्म पारित गर्ने तयारी रहेको उनले बताए । नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *