नेपाल र ठाकुरको दल दर्ता प्रक्रिया, ११:३० देखि सनाखत शुरु

काठमाडौं । माधवकुमार नेपाल समूहको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर समूहको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले समय तोकेको छ । बुधबार (भोलि) बिहान साढे ११ बजेबाट २ बजेसम्म दलका नेताहरु स–शरीर उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘निर्वाचन आयोगले भोलि सनाखतका लागि दुवै दलका नेताहरुलाई बोलाएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका लागि उहाँहरु स–शरी नै आउनुपर्छ । बिहान साढे ११ बजेबाट सनाखत शुरु हुन्छ ।’

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल दर्ताका लागि संघीय संसद् वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ । नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका हुन् भने ठाकुरले जनता समाजवादी पार्टी (जसपा)को पार्टी आधिकारिकता डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले पाएपछि नयाँ दल दर्ता गराएका हुन् ।

गत शुक्रबार दुवै दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *