एमालेको ‘नयाँ समूह’का नेताहरु पुगे च्यासल

काठमाडौं । एमालेभित्रको ‘नयाँ समूह’ स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासलस्थित तुल्सीलाल स्मृति भवन पुगेको छ । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरु च्यासल पुगेका हुन् ।

गत असार २७ बनेको १० बुँदे सहमतिको प्रस्तावनालाई कार्यान्वयन गर्नेगरी आजको बैठक बोलाइएको हो । माधवकुमार नेपाल समूह नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोग गएपछि तीन उपाध्यक्षसहित बनेको नयाँ समूहले एमाले एकताको विकल्प नभएको बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *