शिक्षक र कर्मचारी एकीकृत समाजवादीकाे सदस्य बन्न नपाउने

काठमाडाैँ । एमालेबाट विभाजन भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलले प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्य नबनाउने भएको छ । दलले तयार पारेको अन्तरिम विधानमा प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिने प्रावधान प्रस्ताव गरिएको हो ।

दलको साधारण सदस्य हुन आवश्कय पर्ने मापदण्डमा ‘तीनै तहकामध्ये कुनै पनि सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको हुनुपर्ने’ शर्त राखिएको छ ।

१८ वर्ष उमेर पुगेका र नैतिक पतन नभएको नेपाली नागरिकलाई सदस्य बनाउने दलले जनाएको छ ।

साधारण सदस्यका लागि ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा कैदको सजाय नपाएको’ हुनुपर्ने विधानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *