पेट्रोलियमको मूल्यवृद्धिको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सरकारले आज (मंगलबार) बाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँसहित पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

मंगलबार प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा बढेको मूल्य तत्काल फिर्ता लिनुपर्ने भन्दै प्रदर्शन गरेको हो ।

अखिलले बढेको मूल्य फिर्ता लिनुपर्ने, आयल निगमभित्रको भ्रष्टाचार छानबिन गर्नुपर्नेजस्ता माग राखी प्रदर्शन गरेको छ ।
अखिलले भोलि (बुधबार) दिउँसो साढे १ बजे पुनः शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने भएको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *