माओवादी केन्द्रमा सांगठनिक कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ । काठमाडौंमै बसेको केन्द्रीय समिति बैठकको यसअघिको निर्देशन अनुसार नेताहरुलाई विभिन्न जिम्मेवारी बाँडफाँट गरिएको हो ।

संगठन विभाग प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको स्कुल विभागको इन्चार्जसिप सम्हाल्ने भएका छन् । यो विभागको प्रमुखमा गिरिराजमणि पोखरेल पनि छन् । पार्टीको अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई दिइएको छ । केन्द्रीय कार्यालय इन्चार्ज पनि उनलाई नै बनाइएको छ ।

अब माओवादी केन्द्रको प्रदेश १ इन्चार्ज राम कार्की, प्रदेश २ इन्चार्ज गणेश शाह, बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डे, लुम्बिनी इन्चार्ज चक्रपाणी खनाल बलदेव, कर्णाली इन्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टराई बनेका छन् ।

कसलाई के जिम्मेवारी ? हेर्नुहोस् :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *