चन्द्रागिरीबाट निर्वाचन आयोग हिँड्यो नेपाल समूह

काठमाडौं । दुई दिन अघि चन्द्रागिरी रिसोर्ट पुगेको माधवकुमार नेपाल समूह निर्वाचन आयोगका लागि हिँडेको छ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको नेपाल समूहको बुधबार (आज) सनाखत हुँदैछ । जसका लागि सांसद तथा केन्द्रीय सदस्यहरु निर्वाचन आयोगतर्फ सोझिएको हो । सांसद भवानीप्रसाद खापुङले मकालुखबरसँग भने, ‘हामी चन्द्रागिरीबाटै हिँडिसकेका छौँ । अब चाँडै आयोग पुग्दैछौँ ।’

आयोगले सनाखतका लागि बिहान ११:० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ । गत सोमबारदेखि नै चन्द्रागिरीमा पार्टीको केन्द्रीय कमिटी बैठक चलेको थियो । बैठकले पार्टीको विधान तथा नियमावलीसमेत पारित गरेको थियो ।

सरकारले अध्यादेश ल्याएपछि नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए । आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको छ । सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरिएको आयोग श्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *