नेपाल र ठाकुरको दल सनाखत : सांसद र केन्द्रीय सदस्यको ‘लाइन्’ छुट्टाछ्ट्टै

काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) दर्ताका लागि आज (बुधबार) निर्वाचन आयोगले सनाखत गर्दैछ ।

आयोगले सनाखतका लागि साढे ११ बजेदेखि २ बजेसम्म स–शरीर उपस्थित हुन भनेको छ । जसका लागि नेपाल समूह चन्द्रागिरीबाट निर्वाचन आयोगका लागि हिँडिसकेको छ भने ठाकुर समूह पार्टी कार्यालयमा जम्मा हुँदैछ ।

सनाखतका लागि आयोगले दुवै दलका सांसद र केन्द्रीय सदस्यको ‘लाइन्’ फरक–फरक राख्ने व्यवस्था गरेको छ । दुवै दलका केन्द्रीय सदस्यहरुको सनाखत स्थल र संघीय संसद् सदस्यहरुको सनाखत स्थल भनेर छुट्टाछुट्टै ‘लाइन्’ को व्यवस्था मिलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालुखबरलाई जानकारी दिए ।

सनाखतका लागि नेताहरुको उपस्थिति हुने भएसँगै निर्वाचन आयोगमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । दुवै दलले यसअघि गत शुक्रबार दल दर्ताका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *