माधवसँगै उभिए प्रदीप नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पक्षमा रहेका पुराना कम्युनिस्ट नेता प्रदीप नेपाल निर्वाचन आयोग पुगेर फर्किएका छन् । उनी सनाखत गरेर फर्किएको जनाइएको छ ।

नयाँ पार्टी दर्ताका लागि नेकपा एकीकृत समाजवादीका नेताहरू निर्वाचन आयोग पुगेसँगै उनी पनि सनाखतका लागि पुगेका हुन् । आयोगले नेकपा एकीकृत समाजवादीका नेताहरूलाई सनाखत गर्नका आज बोलाएको थियो ।

नेता नेपाल केही समयदेखि अस्वस्थ रहेका छन् । चन्द्रागिरिमा दुई दिनसम्म छलफल गरेका सो पक्षका नेताहरु त्यहाँबाट सिधै आयोग पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *