मेटमणिको दाबी- चार महिनापछि हाम्रो दल सबैभन्दा ठूलो बन्छ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले अबको चार महिनामा आफ्नो एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् ।

निर्वाचन आयोगबाट सनाखत गरेर फर्कने क्रममा नेता चौधरीले मौहन वैद्य किरणदेखि उपेन्द्र यादवसम्मको दलसँग एकता गरेर अबको चार महिनामा सबैभन्दा ठूलो दल एकीकृत समाजवादी बन्ने दाबी गरेका हुन् ।

‘हाम्रो दल अबको चार महिनापछि सबैभन्दा ठूलो दल बन्छ,’ नेता चौधरीले भने‚ ‘मोहन वैद्यदेखि लिएर उपेन्द्र यादवसम्मको दलसँग एकता गर्छौँ’ उनले भने- ‘ओली अध्यक्ष भएसम्म हाम्रो पार्टी एकता हुन्न । केपी ओलीको पार्टी र नारायणमान बिजुक्षेको पार्टीबाहेक अरु कम्युनिस्ट धारका दलसँग एकताको प्रयास गर्छौँ ।’

आयोगले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका नेताहरूलाई सनाखत गर्न बोलाएको थियो ।

नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए । आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *